थापाथली तनावग्रस्त: प्रदर्शनका बीच सुकुमबासी नेता नारायण परियार पक्राउ

काठमाडौं ।
थापाथलीस्थित सुकुमबासी बस्तीमा सरकारको हटाउने तयारीविरुद्ध प्रदर्शन चर्किँदै जाँदा एक सुकुमबासी नेता पक्राउ परेका छन्।

प्रदर्शनका क्रममा सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार परियारलाई सोही स्थलबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार परियार यसअघि नै ज्यान मार्ने प्रयास तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार अभियुक्तका रूपमा खोजी सूचीमा रहेका थिए।

सरकारले थापाथलीलगायत क्षेत्रका अव्यवस्थित बस्ती हटाउने तयारी अघि बढाएसँगै स्थानीयवासी र सुकुमबासी समूहले विरोध प्रदर्शन गर्दै आएका छन्। सोही क्रममा सुरक्षा सतर्कता कडा बनाइएको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन थप सुरक्षा परिचालन गरिएको छ भने प्रदर्शनका कारण क्षेत्रको वातावरण तनावग्रस्त बनेको छ।

Facebook Comments Box
TOP
200 Shares