

छाता विवादमा रास्वपा महामन्त्री बुर्लाकोटीको स्पष्टीकरण: “असावधानीवश भएको घटना, क्षमाप्रार्थी छु”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीमाथि सामाजिक सञ्जालमा भाइरल भएको ‘छाता प्रकरण’बारे उनले औपचारिक स्पष्टीकरण दिएका छन्।
बारपाक सुलिकोट गाउँपालिकामा आयोजित ११औँ भूकम्प स्मृति दिवस कार्यक्रममा सहभागी हुँदा परेको वर्षाका बीच अर्का व्यक्तिले उनलाई छाता ओढाइदिएको दृश्य सार्वजनिक भएपछि विभिन्न टिप्पणीहरू आएका थिए।
यसै विषयमा प्रतिक्रिया दिँदै बुर्लाकोटीले घटनाको वास्तविकता स्पष्ट पारेका छन्। उनका अनुसार, कार्यक्रम चलिरहेका बेला उनी ध्यानपूर्वक पालिका अध्यक्षको मन्तव्य सुनिरहेका थिए। सोही क्रममा पछाडि बसेका एकजना वृद्ध व्यक्तिले छाता ओढ्दै उनीसँग केही कुरा गरेका थिए।
“कुरा सकिएपछि उहाँको छाताको बलेनी मेरो शरीरमा पर्न गयो। त्यसपछि उहाँले पानी छेक्न खोजिरहनुभएको देखेँ। मैले उहाँलाई अगाडि आउन आग्रह गरेँ र हामीले सँगै छाता ओढ्यौँ,” बुर्लाकोटीले भने।
उनका अनुसार, निरन्तर वर्षाका कारण कार्यक्रम छिट्टै समापन गरिएको थियो। सामाजिक सञ्जालमा भाइरल भएको करिब एक मिनेटको भिडियो आफूलाई जानकारी नदिई खिचिएको र सन्दर्भबाहिर प्रस्तुत गरिएको उनको भनाइ छ।
“यो सबै कुरा कार्यक्रमको पूर्ण भिडियोमा प्रष्ट देखिन्छ। उक्त दृश्य असावधानीवश भएको हो। यसबाट मेरा शुभचिन्तक र आम जनसमुदायमा पर्न गएको भ्रमप्रति म क्षमाप्रार्थी छु,” उनले स्पष्ट पारे।
उक्त घटनापछि सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिप्पणीहरू भइरहेका छन् भने बुर्लाकोटीको स्पष्टीकरणपछि विषयबारे थप बहस सुरु भएको छ।
समाज
थप सामाग्री-
स्पाको आवरणमा लुकेको ‘गोप्य धन्दा’ : विराटनगरमा प्रहरीको ठुलो छापा, ३६ जना नियन्त्रणमा
-
एसईईको नतिजा वैशाख अन्तिम सातासम्म प्रकाशन गर्ने तयारी
-
१४४ सुकुम्वासी परिवार आए सरकारको सम्पर्कमा
-
सशस्त्र प्रहरी आईजीपी नियुक्ति प्रक्रिया नजिकिँदै, प्रतिस्पर्धा र आरोप–प्रत्यारोप सार्वजनिक बहसमा
-
पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या
बारामा भव्य मुस्लिम धार्मिक जमघट: जितपुर–सिमरा २४ मा ‘इज्तेमा’ सुरु, सोमबार सामूहिक दुवासहित समापन
४ घण्टा अगाडि
1.9kViews 126 Shares Share on Facebook Share on Twitter बारा — जितपुर–सिमरा उपमहानगरपालिका–२४, हरपुर टोल यतिबेला विशाल धार्मिक आस्थाको केन्द्र…



