

१४४ सुकुम्वासी परिवार आए सरकारको सम्पर्कमा
काठमाडौं। थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारका बस्तीमा बसेका कुल १४४ परिवार सरकारको सम्पर्कमा आएका छन्।
शनिवार बस्ती खालि गराइएपछि उनीहरूको बस्ने स्थान नभएको भन्दै आफ्नो विवरण सरकारमा दर्ता गराएका हुन्। सरकारले सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रङ्गशाला पुर्याएर उनीहरूको विवरण सङ्कलन गरेको जनाएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेको विवरण अनुसार उनीहरूलाई तत्कालका लागि काठमाडौंका विभिन्न होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ। यस्तै, घरायसी सामानहरू रङ्गशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा छुट्टाछुट्टै स्थान तय गरी सुरक्षित रूपमा भण्डारण गरिएको छ।
सरकारले काठमाडौं महानगर-९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ।
यसै क्रममा वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती शनिवार बिहान १२:३० बजे खाली गरिएको थियो । बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका थिए।
बसोबास गरिरहेका नागरिकहरूले समेत सरकारको यस कदममा ऐक्यबद्धता जनाउँदै सहयोग गरेपछि थापाथलीको बस्ती स्थानान्तरण कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ।
यसैबीच, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका बस्तीहरू खाली गर्न खोज्दा शनिवार साँझ झडप भएको छ भने सो बस्ती आज खाली गरिने भएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१० घण्टा अगाडि
1.6kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



