

देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा देशका विभिन्न भूभागमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा अहिले साधारणतया बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। अन्य क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने बताइएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आज तातो मौसम रहने अनुमान गरिएको छ।
आज राति पनि देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



