काठमाडौंका नदी किनारका सुकुमवासी बस्ती हटाउने अभियान तीव्र, मनोहरामा तनावपछि पुनः डोजर परिचालन तयारी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित मनोहरा सुकुमवासी बस्तीमा आज बिहानदेखि पुनः बस्ती हटाउने कार्य अघि बढाउने तयारी गरिएको छ । शनिबार साँझ भएको हटाउने प्रयासका क्रममा स्थानीय र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएपछि कार्य अस्थायी रूपमा रोकिएको थियो ।

शनिबार डोजर परिचालन गरी बस्ती हटाउने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि केही प्रहरी घाइते भएका थिए । त्यसपछि सुरक्षाका कारण तत्कालका लागि संरचना भत्काउने काम स्थगित गरिएको थियो ।

सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अवैध तथा जोखिमयुक्त बस्ती हटाउने अभियान शनिबार बिहानदेखि सुरु गरेको हो । सोही अभियानअन्तर्गत थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रमा डोजर चलाएर बस्ती हटाइएको थियो, जहाँ अधिकांश बासिन्दाले सामान सार्दै घर खाली गरेका थिए । तर मनोहरा क्षेत्रमा भने प्रतिरोध भएपछि अवस्था तनावपूर्ण बनेको हो ।

प्रहरीका अनुसार मनोहरा क्षेत्रमा केही पक्की संरचनासमेत रहेकाले हटाउने क्रममा स्थानीय आक्रोशित बनेका हुन् । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र आज बिहानदेखि पुनः बस्ती हटाउने कार्य अघि बढाइने तयारी गरिएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार नदी किनारमा रहेका पाँच बस्तीमा गरी ८७१ अनधिकृत घरधुरी रहेका छन् । जसअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरामा १३ घरधुरी रहेका छन् ।

सरकारले भने वास्तविक सुकुमवासीको व्यवस्थापन गर्ने दाबी गरेको छ । थापाथली क्षेत्रका ६८ परिवार हालसम्म सरकारी सम्पर्कमा आएका छन् । उनीहरूलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा अस्थायी रूपमा स्थानान्तरण गरिने र त्यसपछि दीर्घकालीन व्यवस्थापनको प्रक्रिया अघि बढाइने बताइएको छ ।

Facebook Comments Box
बारामा भव्य मुस्लिम धार्मिक जमघट: जितपुर–सिमरा २४ मा ‘इज्तेमा’ सुरु, सोमबार सामूहिक दुवासहित समापन
४ घण्टा अगाडि

1.9kViews 126 Shares Share on Facebook Share on Twitter बारा — जितपुर–सिमरा उपमहानगरपालिका–२४, हरपुर टोल यतिबेला विशाल धार्मिक आस्थाको केन्द्र…

TOP
293 Shares