बीपी राजमार्गको कटुञ्जे–मङ्गलटार खण्ड पुनः बन्द, रोशी खोलामा बाढीको जोखिम

काभ्रेपलाञ्चोक । निरन्तर वर्षाका कारण रोशी खोलामा जलस्तर बढेसँगै बीपी राजमार्गको काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध–रोशी खण्ड पुनः बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार कटुञ्जेदेखि मङ्गलटारसम्मको सडकखण्ड शनिबार दिउँसो ३:३० बजेदेखि सुरक्षा कारण देखाउँदै बन्द गरिएको हो। वर्षासँगै आएको बाढीले अस्थायी डाइभर्सन बगाउने जोखिम बढेपछि आवागमन रोकिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार राजमार्गको अवस्था सामान्य नभएसम्म यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ। उनले अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा आवागमन पूर्ण रूपमा निषेध गरिएको जानकारी दिए।

स्थानीय प्रशासनले निरन्तर वर्षाका कारण सम्भावित दुर्घटना रोक्न सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box
TOP
242 Shares