

कक्षा १२ परीक्षाअघि शिक्षामन्त्री सस्मित पोखरेलको शुभकामना : “आत्मविश्वासका साथ परीक्षा दिनुहोस्”
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सुरु हुनुअघि शिक्षामन्त्री सस्मित पोखरेलले सम्पूर्ण परीक्षार्थीलाई शुभकामना व्यक्त गरेका छन्।
परीक्षाको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै मन्त्री पोखरेलले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गरेका हुन्। उनले विद्यालय शिक्षाको महत्वपूर्ण खुड्किलो पार गर्दै उच्च शिक्षा तथा नयाँ अनुभवको यात्रातर्फ अघि बढ्न लागेको भन्दै परीक्षार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे।
उनले भने, “विद्यालय शिक्षाको यो खुड्किलो पार गरेपछि तपाईँहरू थप नयाँ अनुभव र गहन सिकाइको बृहत् यात्रातर्फ अघि बढ्दै हुनुहुन्छ। यो परीक्षा केवल अंकको मापन मात्र होइन, यहाँहरूको मेहनत र लगनशीलताको प्रतिबिम्ब पनि हो।”
मन्त्री पोखरेलले परीक्षालाई डरको विषय नभई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरका रूपमा लिन सुझाव दिँदै नआत्तिकन संयमित र आत्मविश्वासी भएर परीक्षा दिन आग्रह गरे।
यससँगै उनले सबै परीक्षार्थीलाई सफलताको शुभकामना दिँदै सकारात्मक सोच, निरन्तर अभ्यास र धैर्यताले उत्कृष्ट परिणाम ल्याउने विश्वास व्यक्त गरे।
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



