

प्रहरी निरीक्षक बसन्त कुमार दाहालको सम्मानजनक बिदाई
काठमाडौं । प्रहरी सेवामा लामो समय योगदान पुर्याएका प्रहरी निरीक्षक बसन्त कुमार दाहाललाई सम्मानपूर्वक बिदाई गरिएको छ। उमेर हदका कारण मिति २०८३ वैशाख १२ गतेबाट अनिवार्य अवकाशमा जान लाग्नुभएका दाहाललाई आज काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा आयोजित विशेष कार्यक्रमबीच बिदाई गरिएको हो।
प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, विभिन्न तहका प्रहरी उपरीक्षकहरू, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू र अन्य प्रहरी कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले निरीक्षक दाहालले आफ्नो सेवाकालभर देखाएको अनुशासन, इमान्दारिता र व्यावसायिकताप्रति उच्च प्रशंसा व्यक्त गर्नुभयो। उहाँले दाहालको योगदान संगठनका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै अवकाशपछिको जीवन सफल र सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
बिदाई कार्यक्रममा निरीक्षक दाहाललाई मायाको चिनो प्रदान गर्दै सहकर्मीहरूले भावुकताका साथ विदाई गरेका थिए। लामो सेवायात्रामा हासिल अनुभव र योगदानका कारण दाहाल प्रहरी संगठनभित्र एक समर्पित र कर्तव्यनिष्ठ अधिकृतका रूपमा चिनिनुहुन्थ्यो।
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



