

शेखर गोल्छा प्रकरण : सर्वोच्चको कडा आदेश, २४ घण्टाभित्र उपस्थित गराउन निर्देशन
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा प्रतिष्ठित उद्योगी शेखर गोल्छालाई हिरासतमा राखिएको विषयमा सर्वोच्च अदालतले तत्काल हस्तक्षेप गर्दै २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।
मंगलबार सर्वोच्च अदालतका माननीय न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित विपक्षीहरूका नाममा उक्त आदेश जारी गरेको हो। अदालतले गोल्छालाई बन्दीसहित उपस्थित गराई लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ।
यो आदेश गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण (ह्याबियस कर्पस) रिटमाथि सुनुवाइ गर्दै जारी गरिएको हो। अदालतको यो कदमले गोल्छाको हिरासतको वैधानिकतामाथि प्रश्न उठाएको संकेत गरेको छ।
यसअघि, सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
गोल्छालाई गत बिहीबार (वैशाख १०) केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।
सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै अब यस प्रकरणले नयाँ मोड लिने देखिएको छ। अदालतको आदेशअनुसार निर्धारित समयभित्र गोल्छालाई उपस्थित गराइने वा नगराइने विषयले अनुसन्धानको दिशा र कानुनी प्रक्रियामाथि प्रत्यक्ष प्रभाव पार्नेछ।
समाज
थप सामाग्री-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
१ दिन अगाडि
1.8kViews 440 Shares Share on Facebook Share on Twitter काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको…



