

विशेष महाधिवेशनकै कारण कांग्रेस पराजित : पूर्णबहादुर खड्का
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो आम निर्वाचनमा पार्टीले व्यहोरेको हारको मुख्य कारण विशेष महाधिवेशन भएको बताएका छन् ।
मंगलबार धुम्बाराहीस्थित स्मार्ट होटेलमा आफ्नै समूहका नेताहरूको भेलालाई सम्बोधन गर्दै खड्काले समसामयिक राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने क्रममा यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले पार्टीभित्र एकता कायम हुन नसक्दा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकिएको उल्लेख गरे ।
खड्काले भने, “यदि नेपाली कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको भए उल्लेख्य सिट जित्न सक्थ्यो । रास्वपा पहिलो पार्टी बने पनि कांग्रेसले कम्तीमा ७० सिट ल्याउने अवस्था थियो । आज देशले जुन परिस्थिति भोगिरहेको छ, त्यो अवस्था आउँदैनथ्यो ।”
उनका अनुसार पार्टीभित्रको आन्तरिक विभाजनले चुनावी परिणाममा प्रत्यक्ष असर पारेको हो । एकीकृत रूपमा अघि बढ्न सकेको भए कांग्रेस अझ सशक्त रूपमा प्रस्तुत हुन सक्ने उनको दाबी छ ।
खड्काले विशेष महाधिवेशनको अगुवाइ गर्ने नेताहरूलाई वर्तमान अवस्थाका लागि जिम्मेवार ठहर गर्दै पार्टीभित्र आत्मसमीक्षा आवश्यक रहेको पनि बताए । “निर्वाचनमा कांग्रेसले भोगेको दुर्गतिको मुख्य कारण विशेष महाधिवेशनको नेतृत्व गर्नेहरू नै हुन्,” उनले भने ।
उनको यो अभिव्यक्तिलाई कांग्रेसभित्र पछिल्लो समय बढ्दै गएको आन्तरिक बहस र ध्रुवीकरणको संकेतका रूपमा समेत हेरिएको छ ।
समाज
थप सामाग्री-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
१ दिन अगाडि
1.8kViews 440 Shares Share on Facebook Share on Twitter काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको…



