

बुवाको आत्मदाह प्रयास रोक्न खोज्दा छोरी पनि जलेर घाइते, दुवैको अवस्था गम्भीर
प्यूठान । घरायसी विवादका क्रममा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गर्दा बुवा–छोरी दुवै गम्भीर घाइते भएका छन् ।
प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षीय सानू नेपाली र उनकी १८ वर्षीया छोरी अञ्जली नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
प्रहरीका अनुसार घरायसी झगडाका क्रममा सानू नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेका थिए । सोही क्रममा छोरी अञ्जलीले उनलाई रोक्ने प्रयास गर्दा पेट्रोल खोसाखोस भएको र दुवै जनाको शरीरमा आगो सल्किएको प्रहरीको भनाइ छ ।
घाइते दुवै जनालाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल प्यूठानमा भर्ना गरिएको थियो । तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
१ दिन अगाडि
1.5kViews 138 Shares Share on Facebook Share on Twitter ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा…



