

१८ पटक मुद्दा खेपिसकेकी अभियुक्त फेरि पक्राउ
१० वर्षदेखि बालबालिकालाई निशाना बनाउँदै आएकी ‘सिरियल चोर’ अम्बिका पुनः पक्राउ
पोखरा । कास्की प्रहरीले बालबालिकालाई लोभ्याएर सुनका गरगहना चोरी गर्ने घटनामा संलग्न ‘सिरियल चोर’का रूपमा चिनिएकी अम्बिका पुलामीलाई पुनः पक्राउ गरेको छ। पछिल्लो एक दशकदेखि बालबालिकालाई निशाना बनाउँदै आएको आरोप लागेकी अम्बिका फेरि पक्राउ परेपछि पोखरामा उनको आपराधिक गतिविधि पुनः चर्चामा आएको छ।
प्रहरीका अनुसार अम्बिकाले बालबालिकालाई विश्वासमा पार्ने, मिठाइ तथा जुस–आइसक्रिमको लोभ देखाउने र त्यसपछि उनीहरूले लगाएका सुनका गरगहना लिएर फरार हुने शैली अपनाउँदै आएकी थिइन्। कास्की प्रहरीका लागि उनी “हैरानीको पर्याय” बनेको बताइन्छ।
पछिल्लो घटना वैशाख २३ गते पोखरा–२५ हेमजा रामचोकमा भएको थियो। प्रहरीले दिएको जानकारी अनुसार अम्बिकाले एक ६ वर्षीया बालिकालाई आमाको साथी भएको भन्दै विश्वास दिलाइन्। त्यसपछि उनले बालिकालाई जुस र आइसक्रिम खुवाएर फकाइन् र बालिकाले लगाएको करिब १ लाख रुपैयाँ बराबरको सुनको मुन्द्रा चोरी गरी फरार भएकी थिइन्।
घटनापछि प्रहरीले सिसीटिभी फुटेजको आधारमा अनुसन्धान अघि बढाएको थियो। फुटेजमा अम्बिका पहेंलो रंगको रेनकोट लगाएर ‘ग २५ प ३५८४’ नम्बरको भाडाको स्कुटर प्रयोग गर्दै गरेको देखिएको थियो। त्यसकै आधारमा प्रहरी टोलीले उनलाई पोखरा–९ महेन्द्रपुल क्षेत्रबाट पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा अम्बिकामाथि यसअघि पनि कास्की प्रहरीले १८ पटकसम्म चोरी तथा लुटपाटसम्बन्धी मुद्दा चलाइसकेको तथ्य खुलेको छ। प्रहरी अभिलेखअनुसार उनी बालबालिकालाई लक्षित गर्दै संगठित ढंगले चोरीका घटनामा संलग्न हुँदै आएकी थिइन्।
यसअघि जिल्ला अदालत कास्कीले वि.सं. २०७९ मा उनलाई विभिन्न १८ वटा चोरी तथा लुटपाटका कसुरमा दोषी ठहर गर्दै २ वर्ष कैद सजाय र पटक–पटक गरी हजारौँ रुपैयाँ जरिबाना सुनाएको थियो।
बारम्बार पक्राउ पर्दै र सजाय भोग्दै आए पनि अम्बिकाले पुनः उस्तै प्रकृतिको अपराध दोहोर्याएको देखिएपछि प्रहरीले उनको गतिविधिमाथि थप निगरानी बढाइएको जनाएको छ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



