शिवपुरीमा महिला हत्या प्रकरण: ढुंगाले हानेर हत्या गरी शव गाडेको आरोप, एक जना पक्राउ

काठमाडौँ — तारकेश्वर नगरपालिका–३ जितपुरफेदीकी ४५ वर्षीया सरिता तिवारीको हत्या गरी शव शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गाडिएको अवस्थामा फेला परेको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३५ वर्षीय अनिल डंगोललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

वैशाख ११ गते दिउँसो करिब १ बजे घरबाट निस्किएकी तिवारी साँझसम्म नफर्किएपछि परिवारले प्रहरी वृत्त बालाजुमा खोजतलासको निवेदन दिएका थिए। अनुसन्धान क्रममा सीसीटीभी फुटेज र मोबाइल लोकेशन विश्लेषण गर्दा सरिता र अनिल डंगोलबीच सम्पर्क देखिएको तथा दुवै जना शिवपुरी क्षेत्रतर्फ गएको पुष्टि भएपछि प्रहरीको ध्यान डंगोलतर्फ केन्द्रित भएको हो।

टोखा नगरपालिका–२ बस्दै आएका डंगोलले सो क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएका थिए र घरजग्गा कारोबारमा पनि संलग्न रहेको खुलेको छ। प्रारम्भिक सोधपुछका क्रममा उनले सरितालाई शिवपुरी जंगलमा लगेर ढुंगाले हिर्काएर हत्या गरेको स्वीकार गरेका छन्।

प्रहरीलाई दिएको बयानअनुसार उनले भनेका छन्, “ढुंगाले टाउकोमा हिर्काएँ, मृत्यु भएको यकिन भएपछि खाल्डो खनेर पुरेँ।”

प्रहरीका अनुसार डंगोलको बयानका आधारमा गरिएको उत्खननबाट सरिताको शव शिवपुरी क्षेत्रको जंगलभित्र फेला परेको हो। शव एक्लै गाडिएको अवस्थामा कसरी व्यवस्थापन गरियो भन्नेबारे भने थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार मृतक र आरोपितबीच पारिवारिक चिनजान रहेको र उनीहरूबीच प्रेम सम्बन्धसमेत रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सम्बन्धमा आएको खटपटपछि घटना भएको हुन सक्ने आशंका गरिएको छ।

प्रहरीले डंगोललाई ज्यानसम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। हाल उनलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ। शवको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सरिता तिवारी पूर्वनिर्वाचन प्रहरीसमेत रहेको र उनले पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन प्रहरीका रूपमा काम गरेको पनि खुलेको छ।

प्रहरीले घटनाको सम्पूर्ण कारण, योजनाबद्धता र अन्य संलग्नता बारे विस्तृत अनुसन्धान जारी राखेको छ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
256 Shares