

प्रहरीमा ठूलो सरुवाको तयारी, काठमाडौं–ललितपुरका एसएसपी पनि फेरिने सम्भावना
काठमाडौं । प्रहरी संगठनभित्र व्यापक हेरफेरको तयारी सुरु भएको छ। प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरदेखि एसएसपी तहसम्मका अधिकृतहरूको ठूलो संख्यामा सरुवा गर्ने तयारी अघि बढाएको हो। लामो समयदेखि एउटै जिम्मेवारीमा रहेका कार्यालय प्रमुखहरूलाई केन्द्रमा राखेर सरुवाको सूची अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।
प्रहरी महानिरीक्षक निकट स्रोतका अनुसार एक वर्ष वा सोभन्दा बढी अवधि एउटै जिम्मेवारीमा बिताएका इन्चार्जहरूलाई प्राथमिकताका साथ सरुवा गर्न लागिएको हो। यसक्रममा विभिन्न जिल्लाका प्रहरी प्रमुखसँगै काठमाडौं उपत्यकाका महत्वपूर्ण कमाण्डसमेत परिवर्तन हुने संकेत देखिएको छ।
काठमाडौं र ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपीहरूको पनि सरुवा तयारी भइरहेको बताइएको छ। दुवै अधिकारीले करिब आठ महिना नेतृत्व गरिसकेका छन्। विगतमा काठमाडौं प्रहरी परिसरका प्रमुखहरू सामान्यतः ६ महिनामै फेरिने अभ्यास रहेकामा हालका प्रमुख रमेश थापाले अपेक्षाकृत लामो समय नेतृत्व गरिसकेका छन्। काठमाडौं प्रहरी परिसरको नेतृत्व लिन आधा दर्जनभन्दा बढी एसएसपीहरू सक्रिय रूपमा दौडधुपमा रहेको स्रोतको दाबी छ।
यता, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीको कार्यकाल पनि एक वर्ष नजिक पुगेकाले उनको समेत सरुवा हुने सम्भावना बलियो देखिएको छ। प्रहरीका विभिन्न तालिम केन्द्रमा कार्यरत एसएसपीहरूको जिम्मेवारी पनि हेरफेर गर्ने तयारी गरिएको छ।
तराईका केही जिल्लामा कार्यसम्पादन कमजोर रहेको गुनासो बढेपछि त्यहाँका एसपीहरू पनि परिवर्तनको सूचीमा परेका छन्। सुनसरीका एसपी केशव थेवे र सप्तरीका एसपी गौतम केसीमाथि उजुरी बढेकाले उनीहरूको जिम्मेवारी फेरिन सक्ने चर्चा प्रहरी वृत्तमा चलिरहेको छ।
डीएसपी तहमा समेत व्यापक हेरफेर हुने तयारी छ। विशेषगरी तराईका जिल्लामा ट्राफिक इन्चार्जको जिम्मेवारी लिन इन्स्पेक्टरहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको प्रहरी स्रोत बताउँछ।
हाल गृहमन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री बालेन्द्र शाहले सम्हालिरहेका छन्। तर प्रहरी सरुवामा प्रधानमन्त्रीले प्रत्यक्ष चासो नदिएको स्रोतको दाबी छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधानमन्त्रीको सचिवालयसँग समन्वय गरेर सरुवाको तयारी अघि बढाएका हुन्।
समाज
थप सामाग्री-
प्रहरीमा व्यापक सरुवा तयारी : काठमाडौं–ललितपुरका एसएसपीदेखि तराईका एसपीसम्म हेरफेर हुने
-
डीएसपी टेक जोरालाई जिल्ला प्रहरी कार्यालय बझाङको कमाण्ड
-
आज बैशाख २५ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
लुटेराको सामना गर्ने साहसी सञ्जिता शाक्यलाई आईजीपी दानबहादुर कार्कीद्वारा सम्मान
-
सरकारी बैंकका अध्यक्ष र सञ्चालकको सामूहिक राजीनामा
सीमादेखि सुरक्षा सुदृढीकरणसम्म : डिआईजी खत्रीको रूपन्देहीका सीमावर्ती प्रहरी इकाइमा कडा अनुगमन
१ दिन अगाडि
2.2kViews 154 Shares Share on Facebook Share on Twitter रूपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्रीले…



