

रुपन्देहीमा सार्वजनिक सवारी चालकविरुद्ध कडा निगरानी: लागुऔषध सेवन गरेका १७ जना पक्राउ
रुपन्देही । रुपन्देहीका विभिन्न सडकखण्डहरूमा सार्वजनिक सवारी साधनका चालकहरूमा गरिएको आकस्मिक चेकजाँचका क्रममा लागुऔषध सेवन गरी सवारी चलाइरहेका १७ जना चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सार्वजनिक सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी चलाइरहेको भन्ने विशेष सूचनाका आधारमा गरिएको संयुक्त चेकजाँचमा उनीहरू फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार सम्भावित ठूला दुर्घटना र धनजनको क्षति रोक्न तथा सवारी सुरक्षालाई मजबुत बनाउन उक्त चेकजाँच गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नेतृत्वमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही तथा नेपाल प्रहरी लुम्बिनी प्रादेशिक अस्पताल नेपालगन्जबाट खटिएको प्राविधिक तथा चिकित्सकसहितको टोलीले करिब दुई घण्टा आकस्मिक परीक्षण गरेको थियो ।
रुपन्देहीका विभिन्न स्थानमा स्थापना गरिएका आकस्मिक चेकपोइन्टहरूमा सार्वजनिक तथा यात्रुवाहक सवारीका चालकहरूको पिसाब ड्रग किटमार्फत तत्काल परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १ सय जना चालकमध्ये १७ जनामा लागुऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चालकहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही अघि बढाउन जरुरी पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका चालकहरू २२ देखि ४८ वर्ष उमेर समूहका हुन् भने तीमध्ये ३० वर्षमुनिका मात्रै १० जना रहेका छन् । उनीहरूमा १० जना रुपन्देहीका, २ जना नवलपरासीका तथा अर्घाखाँची, कैलाली र दाङलगायतका जिल्लाका चालकहरू पनि रहेका छन् ।
प्रहरीले सार्वजनिक सवारीमा सुरक्षाको दृष्टिले यस्ता चेकजाँचलाई अझ कडा बनाइने जनाएको छ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



