एसएसपी विनोद सिलवालद्वारा दोलखामा CAP कार्यान्वयन अनुगमन तथा निर्देशन

नेपाल प्रहरी प्रदेश कार्यालय, बनेपा काभ्रेपलाञ्चोकका प्रमुख एसएसपी विनोद सिलवालको नेतृत्वमा आएको टोलीले अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना (CAP) कार्यान्वयन सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दोलखामा विस्तृत अनुगमन तथा निरीक्षण गरेको छ।

अनुगमनका क्रममा टोलीले जिल्ला प्रहरी कार्यालयको प्रहरी परिचालन कक्ष, हिरासत कक्ष, अपराध अनुसन्धान शाखा, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखालगायत विभिन्न शाखाहरूको निरीक्षण गरेको हो।

निरीक्षणपछि एसएसपी सिलवालले कार्यरत प्रहरी कर्मचारीहरूलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन आवश्यक निर्देशन दिँदै CAP कार्यान्वयनलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

यस अवसरमा कार्यालयको समग्र कार्यसम्पादन, सेवा प्रवाह र अपराध नियन्त्रणको वर्तमान अवस्थाबारे समेत समीक्षा गरिएको थियो।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
169 Shares