

प्रहरी कर्मचारीको गुनासो सम्बोधन गर्दै तेह्रथुम प्रहरीद्वारा सट्टा बिदा कार्यान्वयन
तेह्रथुम — प्रहरी कर्मचारीहरूको बिदा व्यवस्थापन सम्बन्धी दीर्घकालीन गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी नियमावली, २०७१ बमोजिम सट्टा बिदा प्रणालीलाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याएको छ।
सार्वजनिक बिदाको दिन ड्युटीमा खटिने प्रहरी कर्मचारीहरूलाई कानूनी व्यवस्था अनुसार सट्टा तलबी बिदा उपलब्ध गराउने अभ्यास सुरु गरिएको हो। लामो समयदेखि प्रहरी संगठनभित्र आवश्यक परेको समयमा बिदा नपाउने, उपलब्ध बिदा पूर्ण रूपमा उपयोग गर्न नपाइने तथा त्यसको प्रभाव व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा पर्ने समस्या रहँदै आएको थियो। सोही अवस्थालाई सम्बोधन गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
प्रहरी नियमावली, २०७१ को परिच्छेद–८ अन्तर्गत नियम ८५ अनुसार सार्वजनिक बिदाको दिन काम गर्ने प्रहरी कर्मचारीलाई एक पटकमा बढीमा सात दिनसम्म सट्टा तलबी बिदा दिन सकिने प्रावधान रहेको छ। सोही कानूनी व्यवस्थालाई कार्यान्वयन गर्दै लामो समयदेखि बिदा उपयोग गर्न नपाएका कर्मचारीलाई समेत अनिवार्य रूपमा बिदा उपयोग गर्न निर्देशन दिइएको छ।
यस व्यवस्था अन्तर्गत प्रहरी हवल्दार विशाल खड्का सट्टा बिदा उपयोग गर्ने पहिलो प्रहरी कर्मचारी बन्नुभएको छ भने हालसम्म जिल्लाभरबाट आठ जना प्रहरी कर्मचारीले उक्त सुविधा उपयोग गरिसकेका छन्।
यस अभ्यासले प्रहरी कर्मचारीहरूको मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध, सामाजिक उत्तरदायित्व तथा पेशागत मनोबल सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। साथै, संगठनभित्र कर्मचारीमैत्री कार्यसंस्कृति विकास गर्दै सेवा प्रवाहलाई थप जिम्मेवार र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
व्यवस्थित बिदा, सुदृढ मनोबल र जिम्मेवार सेवा भन्ने मान्यतालाई आत्मसात गर्दै जिल्ला प्रहरी कार्यालय तेह्रथुमले कर्मचारी हित, पेशागत अनुशासन तथा नागरिकप्रति उत्तरदायी सेवामा निरन्तर प्रतिबद्ध रहने जनाएको छ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



