दुई गोल्डकपमा उत्कृष्ट प्रदर्शनपछि नेपाल प्रहरी फुटबल टोली सम्मानित

काठमाडौं । नेपाल प्रहरी पुरुष फुटबल टोलीले देशका दुई प्रतिष्ठित गोल्डकप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एकमा उपाधि र अर्कोमा उपविजेताको सफलता हासिल गरेपछि राष्ट्रिय प्रहरी प्रतिष्ठानमा खेलाडी तथा अफिसियलहरूलाई सम्मान गरिएको छ ।

शिद्धी बिक्रम शाहको प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा “आठौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०८३” मा प्रथम स्थान हासिल गर्ने तथा “चौथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता २०८३” मा उपविजेता बन्न सफल नेपाल प्रहरी पुरुष फुटबल टोलीका खेलाडी र अफिसियलहरूलाई बधाई तथा सम्मान गरिएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु–४ मा राईनो क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल प्रहरी टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको थियो । त्यसैगरी, बाँकेको कोहलपुरमा आयोजित “चौथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता २०८३” मा पनि टोलीले सशक्त प्रदर्शन गर्दै द्वितीय स्थान हासिल गरेको थियो ।

सम्मान कार्यक्रममा एआईजी शाहले नेपाल प्रहरीको खेलकुद क्षेत्रप्रतिको योगदान उल्लेख गर्दै खेलाडीहरूको अनुशासन, समर्पण र मेहनतले संगठनको प्रतिष्ठा थप उचो बनाएको बताए । उनले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको गौरव बढाउन शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा सहभागी खेलाडी तथा अफिसियलहरूले प्राप्त सम्मानले थप उत्साह र प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए । नेपाल प्रहरीभित्र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता सम्मान कार्यक्रमले खेलाडीहरूको मनोबल उच्च बनाउने विश्वास गरिएको छ ।

Facebook Comments Box
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
२१ घण्टा अगाडि

1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…

TOP
400 Shares