

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ, ठगी र आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ।
सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।
६३ वर्षीय पाण्डे काठमाडौंको रक्तकाली ठेगाना भई हाल ललितपुरको मानभवनमा बसोबास गर्दै आएका थिए।
उनमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा संलग्न भएको आरोप लागेको छ। सोही विषयमा उनीविरुद्ध मुलुकी अपराध संहिता अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
सीआईबीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताएको छ।
समाज
थप सामाग्री-
ललितपुरमा चितुवाको आक्रमणमा प्रहरी हवल्दार घाइते, किस्ट अस्पतालमा उपचाररत
-
सुन–चाँदी आयातमा भारतको भन्सार शुल्क १५ प्रतिशत पुर्याइयो, व्यापार घाटा र रुपैयाँ दबाब नियन्त्रण लक्ष्य
-
प्रहरी नेतृत्वमा सुधार र संस्थागत सुदृढीकरणमा आईजीपी दानबहादुर कार्कीको भूमिका
-
एसपी सन्तोष आचार्यको प्रमुख आतिथ्यतामा घुम्ती अनुशिक्षण तालिम सम्पन्न
-
डिआईजी दिपक रेग्मीद्वारा जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि
2.9kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…



