

प्रेमकुमार राईसहित उच्च पदस्थलाई धम्की प्रकरण : क्यानका पूर्वमहानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार चितवनको खैरहनी नगरपालिका–४ घर भई हाल ललितपुरको खुमलटार बस्दै आएका ४६ वर्षीय प्रदीप अधिकारी, काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–१ का ३४ वर्षीय प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका–२ का ५६ वर्षीय ताराप्रसाद खरेलविरुद्ध विभिन्न आपराधिक कसुरमा मुद्दा दायर गरिएको हो ।
उनीहरूविरुद्ध अपराधिक लाभ लिन नहुने, अपराधिक षड्यन्त्र, विद्युतीय कारोबार ऐनविरुद्धको कसुर तथा संगठित अपराध निवारण ऐनअन्तर्गतका अभियोग लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदीप अधिकारीमाथि थप रूपमा हुण्डीसम्बन्धी कारोबार र एकीकृत कसुरसम्बन्धी अभियोगसमेत समावेश गरिएको छ । प्रकाश पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, हुण्डी कारोबार र संगठित अपराधसम्बन्धी थप अभियोग लगाइएको छ भने ताराप्रसाद खरेलमाथि अपराधिक लाभ लिन लगाउने, हुण्डी कारोबार र संगठित अपराधसम्बन्धी आरोप लगाइएको छ ।
अनुसन्धानका क्रममा फिलिपिन्समा बस्दै आएका ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईएनजी)’ का अध्यक्ष प्रकाश पाठकले अख्तियारको इमेलमा धम्कीपूर्ण सन्देश पठाएको खुलेको प्रहरीको दाबी छ । इन्टरपोलको सहयोगमा उनलाई गत माघ २८ गते फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।
प्रहरी अनुसन्धान प्रतिवेदनअनुसार पाठकले बयानका क्रममा प्रदीप अधिकारीले सो कार्यका लागि आफूलाई दुई करोड रुपैयाँ दिएको दाबी गरेका छन् ।
यसैबीच, थप प्रमाण फेला परेपछि जेनजी अभियन्ता अर्जुनबहादुर शाही, ठेकेदार नवीन बस्नेत, सरया किन्नेरा (जगदम्बे गुरु), पत्रकार प्रमोद सेढाईं, क्यानकी निर्देशक चाँदमाला श्रेष्ठ, जेनु थापा, रवि सिंघललगायत व्यक्तिविरुद्ध पनि छुट्टै अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
हाल क्यानका पूर्वमहानिर्देशक अधिकारी पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार आरोपमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका छन् । उनीमाथि भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा पनि १३ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा चलिरहेको छ ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



