सिम्रौनगढमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन सम्पन्न

बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको समुद्घाटन सम्पन्न भएको छ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बेलायत सरकारको सहयोगमा निर्माण गरिएको उक्त भवन औपचारिक रूपमा उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र न्यायिक पहुँचलाई अझ प्रभावकारी बनाउन यस्ता संरचनाहरू महत्वपूर्ण हुने उल्लेख गरे। उनले सेवा केन्द्रमार्फत पीडित तथा संवेदनशील समूहलाई छिटो, सहज र मैत्रीपूर्ण सेवा प्रदान गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको बताए।

बेलायत सरकारको सहयोगमा निर्माण गरिएको उक्त भवनले सिम्रौनगढ तथा आसपासका क्षेत्रमा महिला, बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Facebook Comments Box
TOP
148 Shares