
दार्चुलामा बिरामी वृद्धको उद्धार : नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उपचारका लागि महेन्द्रनगर पठाइयो

दार्चुला। लेकम गाउँपालिका–५ रिठाका ८० वर्षीय एक वृद्ध, जो लामो समयदेखि सुगर र उच्च रक्तचाप (बीपी) सम्बन्धी रोगबाट पीडित थिए, अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि समयमै उपचारका लागि उद्धार गरिएको छ।
स्थानीयवासी र नेपाल प्रहरीको सक्रिय सहकार्यमा ती वृद्धलाई सुरक्षित रूपमा एम्बुलेन्ससम्म बोकी तत्काल उपचारका लागि महेन्द्रनगरतर्फ पठाइएको हो।
अत्यन्त दुर्गम भौगोलिक अवस्थाका कारण ढुवानी चुनौतीपूर्ण भए पनि प्रहरी र स्थानीयको संयुक्त प्रयासले मानवीय संवेदनशीलता देखाउँदै उद्धार सफल भएको हो। समयमै गरिएको सहयोगले बिरामीको थप उपचार सहज बनेको स्थानीयले बताएका छन्।
प्रहरीको यस्तो मानवीय कार्यले दुर्गम क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवामा सुरक्षा निकायको भूमिकालाई अझ प्रभावकारी र भरोसायोग्य बनाएको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
२ दिन अगाडि
2.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





