

मोदीलाई स्वीडेनको सर्वोच्च ‘रोयल अर्डर अफ पोलर स्टार’ सम्मान प्रदान
स्टकहोम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वीडेनमा ‘रोयल अर्डर अफ पोलर स्टार कमान्डर ग्रान्ड क्रस’ सम्मान प्रदान गरिएको छ। यो स्वीडेनको सर्वोच्च सम्मानमध्ये एक मानिन्छ, जुन प्रायः राष्ट्र प्रमुख वा सरकार प्रमुखलाई मात्र प्रदान गरिन्छ।
प्रधानमन्त्री मोदीलाई उक्त सम्मान ग्योथेनबर्ग सहरमा आइतबार आयोजित विशेष समारोहका बीच प्रदान गरिएको हो। यससँगै यो सम्मान पाउने मोदी ३१ औँ अन्तर्राष्ट्रिय सम्मानित व्यक्तित्व बनेका छन्।
समारोहमा स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनलगायत विभिन्न देशका उच्चपदस्थ नेताहरूको उपस्थिति रहेको थियो।
‘रोयल अर्डर अफ द पोलर स्टार’ सम्मान सन् १७४८ मा स्थापना गरिएको हो। स्वीडेन वा स्वीडेनको हितमा उल्लेखनीय योगदान पुर्याउने विदेशी नागरिकको विशिष्ट सेवाको उच्च मूल्याङ्कन र पहिचानका लागि यो सम्मान प्रदान गरिन्छ।
समाज
थप सामाग्री-
एसपी अपील बोहराद्वारा प्रहरी जवान नरेन्द्र घटाल ‘बैशाख महिनाको उत्कृष्ट प्रहरी’ घोषित
-
ललितपुर प्रहरी परिसरमाथि छानबिन, हिरासतमा विशेष सुविधा दिएको आरोपपछि उच्चस्तरीय समिति गठन
-
हिरासतमा सुलभ अग्रवाललाई ‘विशेष सुविधा’ दिएको आशङ्का, उपत्यका प्रहरीले थाल्यो उच्चस्तरीय छानबिन
-
आज जेठ ०५ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान, संगठनप्रति बढ्दो भरोसा
जेठ महिनाका ‘पुलिस अफ द मन्थ’ घोषित भए प्रहरी निरीक्षक गंगाराम बुढाथोकी
१४ घण्टा अगाडि
1.5kViews 133 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक…



