दुई लाख घुस लिएको आरोपमा मालपोत कार्यालय भैरहवाका नासु खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका मालपोत कार्यालय भैरहवाका नायब सुब्बा (नासु) ओमबहादुर खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा उनीविरुद्ध दुई लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार जग्गाको नयाँ श्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचनाका आधारमा बुटवलबाट खटिएको टोलीले खाम्चालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा खाम्चाले जीर्ण श्रेस्ता कायम गर्ने, अपुताली जग्गाको नामसारी तथा दाखिला सम्बन्धी काम गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) अनुसार कसुर कायम गर्दै दफा ३ उपदफा (१)(ग) बमोजिम कैद सजाय तथा बिगो बराबर जरिवानाको मागदाबी गरेको छ।

पछिल्लो समय मालपोत कार्यालयहरूमा हुने अनियमितता र घुसखोरीविरुद्ध अख्तियारले निगरानी तथा कारबाहीलाई तीव्र बनाउँदै आएको छ।

Facebook Comments Box
जेठ महिनाका ‘पुलिस अफ द मन्थ’ घोषित भए प्रहरी निरीक्षक गंगाराम बुढाथोकी
१४ घण्टा अगाडि

1.5kViews 133 Shares Share on Facebook Share on Twitter काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक…

TOP
496 Shares