

स्पा सेन्टरमार्फत नाबालिकालाई यौनजन्य गतिविधिमा लगाएको आरोपमा सञ्चालिका पुर्पक्षका लागि कारागार चलान
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेकी एक स्पा सेन्टर सञ्चालिकालाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अनुगमनका क्रममा उद्धार गरिएकी १६ वर्षीया एक नाबालिकाको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा नाबालिकालाई प्रलोभनमा पारेर स्पा सेन्टरमा काममा राखी यौनजन्य गतिविधिमा संलग्न गराएको आरोप पुष्टि हुने आधार फेला परेपछि प्रहरीले मुद्दा दर्ता गरेको जनाएको छ।
यस प्रकरणमा जिल्ला संखुवासभा, चैनपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–५ स्थित ‘स्पा पार्क’ सञ्चालन गर्दै आएकी ४८ वर्षीया अनिता भण्डारीलाई प्रतिवादी बनाइएको थियो।
प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतको आदेशपछि भण्डारीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा मिति २०८३ जेठ ११ गते पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
पत्रकार किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयासको विरोध, पत्रकार महासंघ युरोप शाखाद्वारा प्रेस स्वतन्त्रताको पक्षमा खबरदारी
-
हिरासतमा थुनुवाको मृत्यु प्रकरण : एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस
-
युरोपेली संघका राजदूतहरूसँग प्रधानमन्त्री शाहको संयुक्त भेटवार्ता
-
जनता उपचार नपाएर मर्दै,सरकार कर्मचारी र जनप्रतिनिधि पोस्दै
-
पत्रकार किशोर श्रेष्ठमाथि दबाब सिर्जना गरिएको भन्दै प्रेस चौतारीको आपत्ति
काठमाडौंमा ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउ
१३ घण्टा अगाडि
1.7kViews 106 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरीले काठमाडौँको न्युरोड क्षेत्रबाट ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट)…



