

आरसीबी फाइनल प्रवेश, गुजरातलाई ९२ रनले पराजित
काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा आरसीबीले गुजरातलाई विशाल लक्ष्य दिएको थियो। आरसीबीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको थियो। कप्तान राजत पाटीदारले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा ९३ रनको अविजित पारी खेले।
जवाफमा २ सय ५५ रनको कठिन लक्ष्य पछ्याएको गुजरात टाइटन्स १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६२ रनमै समेटियो। यससँगै आरसीबीले ९२ रनको शानदार जित निकाल्दै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गर्यो।
यो हारसँगै गुजरात टाइटन्सलाई फाइनल पुग्ने अर्को अवसर बाँकी रहेको छ। अब उसले दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
एलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ, जसको विजेताले गुजरातसँग फाइनल प्रवेशका लागि खेल्नेछ।
समाज
थप सामाग्री-
तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन
-
धनगढीमा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
-
कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
-
विश्वकप हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
-
सुस्ता फेरि प्रश्नको केन्द्रमा : तटबन्ध रोकिएपछि उठेको सीमा र स्वाभिमानको बहस
निर्वाचन प्रहरीका बन्दोबस्ती सामग्री खरिदमा अनियमितता आरोप, अख्तियारले छानबिन तीव्र बनायो
२० घण्टा अगाडि
1.3kViews 393 Shares Share on Facebook Share on Twitter काठमाडौं । तीन महिनाअघि सम्पन्न निर्वाचनका क्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरीका…



