

गणतन्त्र दिवसमा मौनता : उत्सव कि औपचारिकता बालेन सरकार ?
गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन होइन, जनताको बलिदान, संघर्ष र आकांक्षाबाट स्थापित राष्ट्रिय उपलब्धि हो। त्यसैले गणतन्त्र दिवस कुनै सामान्य सार्वजनिक बिदा मात्र होइन, राज्य र नागरिकबीचको सम्बन्धलाई पुनः स्मरण गर्ने विशेष अवसर पनि हो।
यस्तो दिनमा देशको कार्यकारी नेतृत्वमा रहेका बालेन शाह समारोहमा उपस्थित हुने तर नबोल्ने भन्ने बालहठको व्यापक चर्चा चलेको छ।यसरी देशको कार्यकारी प्रमुखले नै जनतालाई सम्बोधन गर्न वा शुभकामना व्यक्त गर्न आवश्यक नठान्ने प्रवृत्तिले स्वाभाविक रूपमा प्रश्नहरू जन्माउँछ। उपस्थिति जनाउनु मात्र पर्याप्त हुँदैन; नेतृत्वको दायित्व भनेको राष्ट्रिय दिवसको अवसरमा यसको महत्व, उपलब्धि र आगामी चुनौतीबारे नागरिकसँग संवाद गर्नु पनि हो। गणतन्त्रको मर्मप्रति प्रतिबद्धता शब्द, व्यवहार र राजनीतिक संस्कृतिमार्फत प्रकट हुनुपर्छ।
संसदको गरिमा, राष्ट्रपतिको मर्यादा र संविधानको सम्मानबारे बारम्बार चर्चा हुने गर्छ। तर ती सबै मूल्यहरू व्यवहारमा देखिनुपर्छ। गणतन्त्र दिवसजस्तो राष्ट्रिय उत्सवलाई औपचारिक कार्यक्रममा सीमित गर्ने हो भने जनतामा यसको महत्व क्रमशः कमजोर हुँदै जान सक्छ। गणतन्त्रप्रति बढ्दो निराशा र प्रश्नहरूको एउटा कारण राज्यका जिम्मेवार निकायहरू स्वयंले यसको भावनात्मक तथा राजनीतिक महत्वलाई पर्याप्त प्राथमिकता नदिनु पनि हो।
यदि गणतन्त्र दिवस राज्यका लागि वास्तवमै महत्वपूर्ण हो भने त्यसलाई उत्सवका रूपमा मनाइनुपर्छ, नागरिकसँग संवाद गरिनुपर्छ र लोकतान्त्रिक उपलब्धिहरूको समीक्षा गरिनुपर्छ। अन्यथा, एकातिर सार्वजनिक बिदा दिने र अर्कोतिर नेतृत्व तहबाट मौनता प्रदर्शन गर्ने प्रवृत्तिले दिवसलाई केवल औपचारिकतामा सीमित बनाउनेछ।
गणतन्त्रको सबलता भाषणले मात्र होइन, व्यवहारले प्रमाणित हुन्छ। तर राष्ट्रिय दिवसका अवसरमा जनतालाई सम्बोधन गर्नु, शुभकामना दिनु र गणतन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गर्नु पनि लोकतान्त्रिक नेतृत्वको न्यूनतम राजनीतिक दायित्व हो। राज्यका सर्वोच्च पदाधिकारीहरूबाट यही अपेक्षा स्वाभाविक रूपमा गरिन्छ। गणतन्त्रलाई बलियो बनाउने कि औपचारिकताको बोझ बनाउने भन्ने प्रश्नको उत्तर पनि यस्तै व्यवहारले निर्धारण गर्नेछ।
समाज
थप सामाग्री-
पर्यटन क्षेत्रको सुरक्षा र नागरिक गुनासो सुन्न एआईजी कार्की ठमेलमा, ‘समुदायले चाहेको परिवर्तनका लागि प्रहरी तयार’
-
मानव अधिकार आयोगको सिफारिसमाथि प्रश्न : प्रमाणभन्दा प्रचार बढी ?
-
” किलो वान”को दौडमा एसएसपी श्रेष्ठ ,लबिङ तीव्र, तर कमाण्ड क्षमतामाथि उठे गम्भीर प्रश्न
-
प्रहरी सरुवामा राजनीतिक रस्साकस्सी : काठमाडौं–ललितपुरको कमाण्डका लागि तीव्र दौड, डीआईजी–एसएसपी प्रस्ताव प्रधानमन्त्री कार्यालयमै रोकियो
-
पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन
भगवती शाही स्मृती स्तम्भ उद्घाटन
१४ घण्टा अगाडि
2.0kViews 497 Shares Share on Facebook Share on Twitter अछाम/बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती…



