

ऐतिहासिक मोडमा देशको अर्थतन्त्र : आज बजेट सार्वजनिक हुँदै
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पहिलोपटक पूर्ण बजेट ल्याउन लागेको हो ।
सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र परिणाममुखी विकासको आधारपत्रका रूपमा हेरिएको छ । अर्थ मन्त्रालयका अनुसार बजेट निर्माणमा पार्टीको निर्वाचन घोषणापत्र, सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजना, विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्त, सांसदहरूको सुझाव र जनअपेक्षालाई मुख्य आधार बनाइएको छ ।
हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक परम्पराअनुसार आज दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट सार्वजनिक गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
यसपटक सरकारले बजेटलाई थप व्यवस्थित, पारदर्शी र कार्यान्वयनमुखी बनाउने लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको थियो ।
चालू आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइएको भए पनि राजनीतिक तथा आर्थिक परिस्थितिका कारण मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँमा सीमित गरिएको थियो ।
सरकारको पहिलो बजेट भएकाले आम नागरिक, निजी क्षेत्र, कर्मचारी, युवा उद्यमी र विकास साझेदारहरूको चासो उच्च रहेको छ । विशेषगरी रोजगारी सिर्जना, आर्थिक सुधार, डिजिटल सुशासन, उत्पादन वृद्धि, कर प्रणाली सुधार र पूँजीगत खर्च प्रभावकारी बनाउने विषयमा सरकारबाट ठोस घोषणा आउने अपेक्षा गरिएको छ ।
समाज
थप सामाग्री-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
-
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
गणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
१ दिन अगाडि
1.7kViews 426 Shares Share on Facebook Share on Twitter हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा चार जना पत्रकारलाई…



