

नेपाल प्रहरीका अवकाश प्राप्त कर्मचारीलाई बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न
धादिङ । अवकाश प्राप्त तथा स्वैच्छिक अवकाशमा जाने प्रहरी कर्मचारीलाई सम्मानपूर्वक बिदाइ गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्र आदेशअनुसार ३० वर्ष सेवा अवधि पूरा गरी विधिवत रूपमा सेवाबाट अवकाश प्राप्त प्राविधिक प्रहरी निरीक्षक काशिराम बुढालाई एक कार्यक्रमका बीच बिदाइ गरिएको हो । उनलाई धादिङ जिल्लाका प्रहरी प्रमुख एसपी सुमित खड्का, डिएसपी, इन्सपेक्टरसहितका प्रहरी अधिकृत तथा कर्मचारीहरूले सम्मानसहित विदाइ गरेका थिए ।
त्यसैगरी २० वर्ष १ महिना २३ दिन सेवा गरी व्यक्तिगत कारणले स्वैच्छिक अवकाश लिनुभएका प्रहरी वरिष्ठ हवल्दार गोमा गुरुङलाई समेत सोही कार्यक्रममा बिदाइ गरिएको छ ।
कार्यक्रममा दुवै पूर्व प्रहरी कर्मचारीप्रति दीर्घ सेवा र योगदानको प्रशंसा गर्दै आगामी जीवन सफल, स्वस्थ र सम्मानपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो ।
समाज
थप सामाग्री-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
-
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
गणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
१ दिन अगाडि
1.7kViews 426 Shares Share on Facebook Share on Twitter हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा चार जना पत्रकारलाई…



