मनाङको खोत्रोमा ट्रक दुर्घटना, दुई जना घाइते

काठमाडौँ । मनाङ जिल्लाको खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो। दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो।

दुर्घटनामा घाइते भएका दुई जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि अस्पताल पठाइएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। ट्रक सडकबाट कसरी अनियन्त्रित भयो भन्ने विषयमा थप विवरण संकलन भइरहेको छ।

Facebook Comments Box
TOP
255 Shares