

तुइनखोलामा पहिरो पन्छिएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा खसेको पहिरो पन्छाएपछि यातायात सेवा पुनः दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
बुधबार राति करिब ९ बजे अचानक खसेको पहिरोका कारण उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। अवरोधपछि सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका थिए भने यात्रुहरूले रातभर सास्ती भोग्नुपरेको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार रातभर डोजर तथा प्राविधिक टोली परिचालन गरी पहिरो पन्छाउने कार्य गरिएको हो। सडकमा थुप्रिएको माटो, ढुङ्गा र गेग्रान हटाएपछि बिहीबार बिहानदेखि सडक दुवैतर्फ सञ्चालनमा ल्याइएको हो।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो हटाएर आवागमन सुचारु गरिएको जानकारी दिँदै वर्षायामका कारण तुइनखोला क्षेत्रमा अझै जोखिम कायमै रहेको बताए। उनका अनुसार उक्त क्षेत्रका भीरबाट बेलाबेलामा ढुङ्गा खस्ने तथा पहिरो जाने सम्भावना रहने भएकाले निरन्तर निगरानी भइरहेको छ।
सम्बन्धित निकायले जोखिमयुक्त खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन तथा मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



