

डिआईजी गोबिन्द थपलियाको नेतृत्वमा मधेश प्रहरीमा सुधार र सुशासनको नयाँ अध्याय, घुमुवा नियन्त्रणदेखि सेवा प्रवाहसम्म व्यापक परिवर्तन
जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेको आठ महिनाको अवधिमा प्रहरी नायब महानिरीक्षक (डिआईजी) गोबिन्द थपलियाले संगठनभित्र सुधार, अनुशासन र सुशासन प्रवर्द्धनका लागि थालेका कदमहरूलाई प्रहरी प्रशासनभित्र र बाहिर दुवै तहमा महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
कार्यभार सम्हालेलगत्तै उनले प्रहरी संगठनभित्र लामो समयदेखि आलोचित बन्दै आएको ‘घुमुवा प्रहरी’ प्रणालीमा कडाइ गर्दै त्यसको पुनर्संरचनामा ध्यान दिएका थिए। एकै स्थानमा लामो समयदेखि कार्यरत, पटक–पटक काज तथा सरुवामा संलग्न तथा विभिन्न विवादमा परेका प्रहरी कर्मचारीहरूको सूची तयार गरी जवानदेखि प्रहरी उपरीक्षक (एसपी) तहसम्मका करिब २५० जनालाई अन्य जिल्ला तथा प्रदेशबाहिर सरुवा गर्ने प्रक्रिया अघि बढाइएको थियो।
डिआईजी थपलियाले ‘घुमुवा प्रणाली’लाई संगठनभित्र सुधार आवश्यक रहेको संरचनागत समस्या भन्दै त्यसको नियन्त्रणलाई प्राथमिकतामा राखेका थिए। उनका अनुसार प्रहरी संगठनलाई व्यवस्थित, अनुशासित र जनउत्तरदायी बनाउन यस्ता सुधारात्मक कदम अनिवार्य छन्।
यसैगरी, उनले प्रहरी कार्यालयभित्र सम्भावित बिचौलिया प्रवृत्ति र अनियमिततामाथि निगरानी बढाउँदै सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउनेतर्फ ध्यान केन्द्रित गरेका थिए। विशेषगरी पीडित, विपन्न तथा सामान्य नागरिकलाई न्यायिक सेवा सहज रूपमा उपलब्ध गराउने विषयलाई उनले प्राथमिकतामा राखेका थिए।
प्रहरी स्रोतका अनुसार सुधार अभियानका क्रममा केही पुराना स्वार्थ समूह तथा अनियमित लाभसँग जोडिएका पक्षहरू असन्तुष्ट देखिए पनि संगठनभित्र सुशासन कायम गर्ने प्रयास निरन्तर अघि बढाइएको छ।
‘नबिराउनु, नडराउनु’ भन्ने मूल मर्मलाई व्यवहारमा उतार्दै उनले प्रहरी प्रशासनभित्र जवाफदेहिता र अनुशासन बलियो बनाउन जोड दिएको सहकर्मीहरूको भनाइ छ। प्रहरी सेवालाई नागरिकमैत्री र विश्वसनीय बनाउने लक्ष्यसहित सुरु गरिएको सुधार अभियानलाई संगठनभित्र एक महत्वपूर्ण सुरुआतका रूपमा लिइएको छ।
डिआईजी थपलियाका अनुसार सुधार प्रक्रिया कुनै एक व्यक्तिको प्रयास मात्र नभई दीर्घकालीन संस्थागत रूपान्तरणको हिस्सा हो, जसलाई निरन्तरता दिन आवश्यक छ।
सुरक्षा मामिलाका जानकारहरूका अनुसार मधेश प्रदेश प्रहरीभित्र सुरु गरिएको घुमुवा नियन्त्रण, अनियमितता न्यूनीकरण र आन्तरिक शुद्धीकरणका प्रयासहरूलाई आगामी नेतृत्वले निरन्तरता दिन सकेमा प्रहरी सेवा अझ पारदर्शी, उत्तरदायी र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
आठ महिनाको अवधिमा गरिएको यी सुधारात्मक प्रयासहरूले प्रहरी संगठनभित्र मात्र होइन, आम नागरिकमाझ पनि सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१७ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



