

चितवनमा रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनका लागि कडा सुरक्षा व्यवस्था
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चितवनमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ।
भोलिदेखि सुरु हुने तीनदिने महाधिवेशनका लागि करिब १ हजार ८७ जनपद प्रहरी परिचालन गरिने भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार उद्घाटन तथा बन्द सत्रलाई ध्यानमा राख्दै छुट्टाछुट्टै सुरक्षा रणनीति तयार गरिएको छ।
महाधिवेशन अवधिभर ठूलो संख्यामा प्रतिनिधि तथा सर्वसाधारणको भीड हुने अनुमानसहित सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी दिए। त्यसैगरी ट्राफिक व्यवस्थापनका लागि १६५ ट्राफिक प्रहरी परिचालन गरिनेछ।
सवारी व्यवस्थापन सहज बनाउन भरतपुरस्थित बीरेन्द्र क्याम्पस पछाडिको चौर र केन्द्रीय बसपार्कलाई ठूला सवारीसाधन पार्किङ स्थलका रूपमा तोकिएको छ।
महाधिवेशनमा बन्दसत्रमा करिब ३,५०० देखि ४,००० प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ भने उद्घाटन सत्रमा करिब ४०,००० जना स्वतःस्फूर्त रूपमा सहभागी हुने अनुमान गरिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
११ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



