

रास्वपा बैठकमा रवि लामिछाने भावुक, पार्टी स्थापनादेखि गिरफ्तारीसम्मका क्षण सम्झिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने केन्द्रीय समितिको अन्तिम बैठकमा भावुक बनेका छन्। पार्टी स्थापना, निर्वाचन आयोगमा दल दर्ताका क्रममा भोग्नुपरेका चुनौतीदेखि आफ्नै कार्यकक्षमा भएको गिरफ्तारीसम्मका घटनाहरू सम्झिँदै उनले भावनात्मक मन्तव्य दिएका हुन्।
केन्द्रीय समितिको वर्तमान कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै लामिछानेले पार्टी स्थापना गर्दाको संघर्ष स्मरण गरे। उनले निर्वाचन आयोगमा आवश्यक कागजात बुझाउन जाँदा नागरिकता संकलन गर्न निकै कठिनाइ भएको उल्लेख गरे।
उनले भने, “अहिले महामन्त्रीजीले भनिरहँदा एकदम भावुक हुने खालको परिस्थिति सिर्जना भयो। मलाई पनि अलिकति भावुक बनायो। पार्टी स्थापना गर्दा निर्वाचन आयोगमा बुझाउन जाँदा २१–२२ वटा नागरिकता खोज्न निकै सकस भएको थियो। त्यसमाथि समावेशीताको विषयले थप दबाब सिर्जना गरेको थियो। आज ती सबै क्षणहरू सम्झिरहेको छु।”
लामिछानेले वर्तमान कार्यकालको केन्द्रीय समिति र सचिवालयको अन्तिम बैठकले विशेष महत्त्व बोकेको बताए। सचिवालयको अन्तिम बैठक अघिल्लो दिन आफ्नै कार्यकक्षमा सम्पन्न भएको जानकारी दिँदै उनले त्यस स्थानसँग जोडिएका विभिन्न ऐतिहासिक घटनाहरू स्मरण गरे।
उनले भने, “यो कार्यकालको केन्द्रीय समितिको अन्तिम बैठक हो। हामीले सचिवालयको अन्तिम बैठक पनि हिजो कार्यकक्षबाट गर्यौँ। सचिवालयका साथीहरूलाई त्यहीँबाट धन्यवाद दिएको थिएँ। यही कोठाभित्र पार्टीका महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजहरूमा हस्ताक्षर भएका छन्। यही कोठाभित्र मलाई गिरफ्तार गर्न हत्कडीसहित प्रहरीहरू पनि छिरेका थिए। त्यसैले यो बैठक पनि असाध्यै महत्त्वपूर्ण छ।”
उनको मन्तव्यका क्रममा बैठकस्थल भावुक बनेको बताइएको छ। पार्टीको स्थापना, विस्तार र विभिन्न राजनीतिक उतारचढावबीच गुज्रिएका अनुभवहरू स्मरण गर्दै लामिछानेले कार्यकालभर साथ दिएका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका थिए।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





