भीमफेदी कारागारबाट भागेका डाँका चोरीका प्रतिवादी पुनः पक्राउ, नगदसहित ३ जना नियन्त्रणमा

धादिङ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका डाँका चोरी मुद्दाका एक प्रतिवादी पुनः चोरी कसुरमा संलग्न भएको खुलेको छ।

प्रहरीले उनलाई सहयोग गर्ने अन्य दुई जनासहित तीन जनालाई धादिङको गजुरीबाट पक्राउ गरेको हो।

मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठका ३१ वर्षीय मोक्तानले आफ्नै घरबाट ६ लाख रुपैयाँ चोरी गरी फरार भएको सूचनापछि प्रहरीले खोजी अभियान सुरु गरेको थियो।

खोजीका क्रममा गजुरी–६ आदमघाट बजारबाट मोटरसाइकलमा आउँदै गरेका मोक्तानसहित धादिङ बेनिघाट रोराङ–१ का अशोक तामाङ र उमेश तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका मोक्तानको साथबाट ५ लाख ८० हजार ५ सय ४० रुपैयाँ नगद बरामद गरिएको छ। साथै दुई वटा मोटरसाइकल र तीन थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ।

अनुसन्धानमा मोक्तानविरुद्ध यसअघि पनि गोली हानी फरार भएको, अवैध हतियार तथा चोरी–डाँका सम्बन्धी मुद्दा दर्ता रहेको खुलेको छ। उनी डाँका चोरी मुद्दामा भीमफेदी कारागारमा रहेका बेला भदौ २४ गते जेलबाट भागेका थिए।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि मकवानपुर पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
386 Shares