जुम्लामा कात्तिक २० देखि मदिरा बिक्रीमा रोक

जुम्लामा ४ मङ्सिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि २० कात्तिकदेखि नै मदिरा बिक्रीमा रोक लगाइएको छ । जिल्लामा निर्वाचन आचारसंहिता पालनाको विषयमा छलफल गर्न बसेको सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिउन्जेलसम्म मदिरा बिक्री रोक्ने निर्णय गरेको हो ।शान्ति सुरक्षा कायम गर्न मदिरा बेचबिखन तथा सेवन रोक्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजालले जानकारी दिइन् ।             उनका अनुसार चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा आमसभा, नारा जुलुस, भीडभाड लगायतका गतिविधिमा रोक लगाइएको छ । ४ मङ्सिरको निर्वाचनका लागि मतपत्रबाहेक सबै ५४ प्रकारको सामग्री जिल्लामा आइसकेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । उनका अनुसार मतपेटिका पनि ल्याइसकिएको छ ।

Facebook Comments Box
TOP
Shares