करणी गरेको आरोपमा एक पक्राउ

प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार गिरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका हुन्।

गिरीले ती बालिकालाई ललाई-फकाई स्वयम्भूस्थित स्तुप जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएको उनले बताए।

यस्तै, प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Facebook Comments Box
TOP
Shares