

दलित बस्तीका मतदाता भन्छन् : ‘पानी दिनेलाई भोट
म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् ।
दिसापिसाब गर्नका लागि पाखो वा अर्कैको शौचालयमा पालो पर्खन पर्ने बाध्यता छ । “भोट बटुल्न मात्रै आउँछन्, चुनावमा मात्र नेताहरु हाम्रो वस्तीलाई सम्झन्छन”, दर्जीले भने । उनले गाउँमा शिक्षा, स्वास्थ्य खानेपानी, विद्युतलगायत सुविधा पाउन नसकेको उल्लेख गर्दै मत दिएर पठाएकाबाटै वर्षांैदेखि गाउँलाई धोका भएको गुनासो गरे ।
बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा हीराबहादुर परियारले बताए । “हामीलाई त जुन जोगी आए पनि कानै चिरेको जस्तै भएको छ”, उनले भने । राजनीतिक दलका लागि भोट बैंककारुपमा प्रयोग भइरहेको भन्दै यसपटक लिखित र समय तोकेर प्रतिबद्धता दिनेलाई नै भोट दिने यहाँका दलित समुदायले निर्णय नै गरेका छन् । रासस
समाज
थप सामाग्री-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
२२ घण्टा अगाडि
1.7kViews 168 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आइतबार बिहान…



