आजदेखि कोरोना बीमाको भुक्तानी

काठमाडौं । आज मंगलबारदेखि कोरोना बीमाको रकम भुक्तानी शुरु हुने भएको छ । निर्जीवन बीमा कम्पनीहरुले मंसिर १३ गतेदेखि दावी पाउन बाँकी रहेका कोरोना बीमाका बीमितहरुलाई रकम भुक्तानी गर्ने भएका हुन् ।

गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोबरमा कम्पनीहरुसँग बसेको बैठकले भोलिदेखि रकम भुक्तानी गर्ने निर्णय गरेको नेपाल बीमक संघले बताएको छ । संघका अनुसार नेपाल पूनर्बीमा कम्पनीले आफ्नो भागमा परेको रकम थप गरेको छैन । सो कम्पनीबाट रकम प्राप्त भए पश्चात रकम पूनः बाँडफाँड गर्ने निर्णय भएको र संलग्न बमोजिमको चेक बुझिलिई कम्पनीले थप गर्नुपर्ने २ करोड २७ लाख २७ हजार २७२ रुपैयाँ रकम थपि दावी भुक्तानी प्रकृया शुरु गर्न अन्य कम्पनीलाई आग्रह गरेको छ ।यससँगै, कम्पनीहरुले व्यक्ति तथा परिवारलाई पहिलो प्राथमिकता दिई दावी भुक्तानी गर्ने भएका छन् । साथै, बीमक संघमा भएको थप निर्णयको आधारमा रकम बाँडफाँड गर्दा केहि कम्पनीहरुले थप गर्नु पर्ने रकम नै अत्याधिक भएकोले सो रकमबाट नै दावी भूक्तानी गर्न समेत संघले आग्रह गरेको छ । केही कम्पनीहरुले थप गर्नु पर्ने रकम संघमा पठाइ सकेको र सो रकम समेत थप गरि चेक वितरण गरिएको संघका महासचिव अशोक कुमार खड्काले बताए । संघका अनुसार नेशनल, नेको, ओरियन्टल र प्रिमियर इन्स्योरेन्सले संघको खातामा रकम पठाएका थिए ।

साथै, संघले मर्जर भएका कम्पनीहरुको हकमा भने मर्जर पछि बनेको कम्पनीको नाममा चेक काटेको महासचिव खड्काले बताए । त्यसैले, मर्ज भएको कम्पनीले दुबै कम्पनीहरुको दाबी रकम भूक्तानी गर्नु पर्नेछ । सो अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स (साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स) र सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी (सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स) ले दुबै कम्पनीको दावी भुक्तानी गर्नुपर्ने भएको छ ।

‘हामीले सबै कम्पनीहरुको नाममा चेक तयार पारिसकेका छौं, कम्पनीहरूले उक्त चेक लिएर पैसा भुक्तानी गर्न सक्ने छन्,’ नेको इन्स्योरेन्सका सीईओ समेत रहेको संघका महासचिव खड्काले  भने ।संघबाट चेक पाउनको लागि कम्पनीहरुले दावी तिर्ने व्यक्ति तथा परिवारको सूची बनाई कोरोना पूल र बीमा समितिमा बुझाएको एक छायाँ प्रति बीमक संघलाई उपलब्ध गराउनु पर्ने छ । (B.N)बाट

Facebook Comments Box
TOP
Shares