काठमाडौंमा आज वर्षकै सबैभन्दा बढी जाडो

काठमाडौं । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । महाशाखाका अनुसार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :

२०७९ मंसिर १५ गते  (बिहीबार)

दिउँसो: प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ मंसिर १६ गते  (शुक्रबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ मंसिर १७ गते  (शनिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Facebook Comments Box
TOP
Shares