

बी एण्ड बी हस्पिटल र नेपाल पत्रकार महासंघ ललितपुर शाखा विच सम्झौता : देशभरका पत्रकारको उपचारमा छुट
ललितपुर मंसिर १७ । ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी हस्पिटल र नेपाल पत्रकार महासंघ ललितपुर शाखा विच हिजो देशभरका पत्रकार र पत्रकार का परिवारलाई उपचारमा छुट दिने विषयमा सम्झौता भएको छ ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको पहलकदमी र बी एण्ड बी हस्पिटलले पत्रकार प्रति देखाएको उद्दार भावना का कारण हिजो (शुक्रबार) पत्रकार महासंघ ललितपुर शाखा र हस्पिटल व्यवस्थापनबीच सम्झौता हुन सम्भब भएको थियो ।
सम्झौतामा पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने र बी एण्ड बी हस्पिटलका कार्यकारी निर्देशक डा. निरजलाल वैद्यले हस्ताक्षर गरेका छन ।
देशभरका सबै पत्रकालाई उपचार तथा औषधीमा १५ प्रतिशत छुट दिने सम्झौता अस्पतालले गरेको छ । यसमा ओपीडी परीक्षणदेखि आकस्मिक उपचार, शल्यक्रियासम्म पर्ने कार्यकारी निर्देशक वैद्यले बताए का छन ।
उक्त सम्झौतामा भनिएको छ -देशभरका पत्रकारलाई मात्रै नभएर उनिहरुको परिवारलाई पनि छुट सुविधा दिइनेछ । सगोल परिवारका रुपमा आमा, बुबा, श्रीमान, श्रीमती र २ जना छोराछोरी गरी ६ जनाको उपचारमा छुट हुनेछ भने निश्चित उपचारमा भने यो लागू हुने छैन पीसीआर परीक्षण, अस्पतालले छुट दिएर सञ्चालन गरिरहेका परीक्षण प्याकेजहरु, परीक्षणका लागि विदेशमा पठाउनु पर्ने भएमा, अप्रेसनका लागि प्रयोग हुने सामग्री आदिमा १५ प्रतिशत छुटको नियम लागू हुँदैन ।
हिजो बाटै लागु हुने गरि २ वर्षसम्मका लागि यो सम्झौता गरिएको छ जुन सम्झौता ले देशभरका करिब चौध हजार पत्रकार र उनका परिवार लाभान्वित हुनेछन् भने छुटमा उपचार सेवा लिनका लागि पत्रकार महासंघको कार्ड अनिवार्य देखाउनु पर्नेछ यदि महासंघको सदस्य रहेरपनि कार्ड नबनाएको अबस्थामा पत्रकार महासंघ ललितपुर शाखाले सिफारिस गरिदिनेछ।
देशभर रहेका पत्रकार महासंघ सबै सदस्यले यो सुविधा पाउने पत्रकार महासंघ ललितपुरका सचिव रामहरि कार्कीले जानकारी दिए।राज्यको चौथो अंगको उपमा पाएका पत्रकारहरुसँग सहकार्य गर्न पाउँदा खुसी लागेको हस्पिटल का प्रमुख प्रशासक प्रकाश भट्टराईले बताए।
सम्झौतामा उल्लेख नभएपनि कुनै विशेष परिस्थिति आएमा उपचारमा थप सहुलीयत दिने प्रतिवद्धता पनि हस्पिटल व्यवस्थापनले गरेको छ । उक्त सम्झौता कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, बरिस्ठ पत्रकार प्रभु नारायण बस्नेत, पत्रकार महासंघ उपत्यका प्रदेशका सदस्य माधव प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



