

सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग
पर्सा – मतदान प्रक्रियामा सहभागी हुन र सही तरिकाले मतदान गर्न यहाँ सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजक देखिएका छन् । हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खसेको मत सङ्ख्या र त्यसमा भेटिएको बदर मतको सङ्ख्याले सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग रहेको पुष्टि गरेको छ ।
चार निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा ६६ प्रतिशत मतदान हुँदा पाँच दशमलव शुन्य छ प्रतिशत मत बदर भएको छ भने क्षेत्र नं २ मा ६७ प्रतिशत मतदान हँुदा पाँच दशमलव दुई प्रतिशत मत बदर भएको छ । त्यसै क्षेत्र नं ३ मा ७१ प्रतिशत मतदान हुँदा चार दशमलव १२ प्रतिशत र क्षेत्र नं ४ मा ६९ प्रतिशत मतदान हुँदा तीन दशमलव ३८ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाको सदरमुकामसमेत रहेको वीरगन्ज महानगरपालिकाअन्तर्गत पर्ने क्षेत्र नं १ मा खसेको ५१ हजार दुई सय ११ मतमध्ये दुई हजार पाँच सय ९१ र क्षेत्र नं २ मा खसेको ५८ हजार पाँच सय ४७ मतमध्ये तीन हजार ४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँले जिल्लाको ग्रामीण भेगमा पर्ने क्षेत्र नं ३ मा खसेको ६४ हजार तीन सय २४ मध्ये दुई हजार छ सय ५१ मत र क्षेत्र नं ४ मा खसेको ६२ हजार दुई सय १९ मध्ये दुई हजार एक सय तीन मत बदर भएको बताउनुभयो ।
विसं २०७४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १० दशमलव शुन्य नौ प्रतिशत मत बदर भएको तुलनामा यसपालिको निर्वाचनमा जिल्लाबाट कूल चार दशमलव चार प्रतिशत मात्र मत बदर भएको छ ।
मतदाता शिक्षालाई यसपालि निर्वाचन आयोगले प्राथमिकता दिएका कारण जिल्लामा बदर मतको सङ्ख्या कम देखिएको भए पनि सहरी क्षेत्रमा देखिएको बढ्दो बदर मतको सङ्ख्यालाई नियन्त्रण गर्न आयोगले विशेष रणनीति बनाउन आवश्यक देखिएको बताइन्छ ।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
२३ घण्टा अगाडि
1.9kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



