

पाँचदलीय सत्ता गठबन्धनको भविष्यबारेआज निर्णय हुने
काठमाडौं फागुन ५ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कारण पाँचदलीय सत्ता गठबन्धनको भविष्यबारे बिहीबार टुंगो लाग्ने भएको छ । एमसीसीको विषयमा छलफल गर्न आज अपराह्न ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक मन्त्रिपरिषद् बैठकका कारण दुई घन्टा ढिलो बस्ने भएको हो ।
आज बस्ने गठबन्धनको बैठकलाई निर्णायक भनिएको छ । सत्ता साझेदार दलहरू सहयात्राको बिट मार्छन् या लम्ब्याउँछन् भन्ने चासोको बिषय बनेको छ । यसअघि बुधबार माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सदनमा टेबुल गरे सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । त्यसपछि सरकारले पुनर्विचारका् लागि आज गठबन्धनको बैठकमा छलफल गर्न लागेको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनर्विचार गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए । माओवादी संसदीय दलको बैठकबाट यथास्थितिमा एमसीसी टेबुल भए सरकारबाट बाहिरिने चेतावनी दिएर प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीले नै भने- एमसीसी पास वा फेल जे पनि हुन सक्छ
प्रधानमन्त्री देउवाले एमसीसी सदनमा पास वा फेल जे पनि हुन सक्ने बताएका छन् । आज बालुवाटारमा पार्टी नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा देउवाले यस्तो सन्देश दिएका हुन् । गठबन्धनभित्र खटपट भएका बेला प्रधानमन्त्रीको यो अभिव्यक्तिले एमसीसीले गठबन्धनको विषय निकै पेचिलो बनेको र यो जुनसुकै बेला टुट्न सक्ने अवस्था देखिएको छ ।
सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चामा एमसीसीको विषयलाई लिएर कांग्रेस एक्लिँदै गएको देउवाले महसुस गरेका छन् । एमसीसी सदनमा टेबुल गर्ने कांग्रेसले एकल निर्णय पनि गरिसकेको छ ।
माओवादीले आजको बैठकमा कुरा नमिले सरकारबाट बाहिरने तयारी गरेको छ । ‘आजको बैठकमा सहमति नभए सरकारबाट बाहिरिन्छौं,’ माओवादीका प्रमुख सचेतक देव गुरुङले न्युज कारखानासँग भने, ‘माओवादी यथास्थितिमा एमसीसी अगाडि बढाउने पक्षमा छैन ।
कांग्रेस नेता एवं पूर्वमन्त्री शंकर भण्डारीले एमसीसीका कारण सत्ता गठबन्धन टुट्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘आगामी निर्वाचनसम्मै गठबन्धनसँगको सहयात्रा होस् भन्ने चाहना छ । दलहरूले राष्ट्रिय मुद्दामा व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर निर्णय लिनुपर्छ । एमसीसीका कारण सत्ता गठबन्धन टुट्दैन भन्ने हो । यदि टुट्यो भने अर्को छलफलको विषय हो ।’
कांग्रेसकै अर्का नेता रमेश रिजाल पनि चुनावसम्म गठबन्धन कायम गर्ने पक्षमा रहेको बताउँछन् । ‘चाहे सरकारमा रहेर होस् वा सरकारबाहिर रहेर होस्, तर कांग्रेस वर्तमान गठबन्धन चुनावसम्मै लम्बियोस् भन्ने चाहन्छ,’ उनले भने ।
समाज
थप सामाग्री-
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु
-
नेपाल वायुसेवा निगममा तालिम प्रकरण: चलखेल प्रयास असफल, वरिष्ठताका आधारमा छनोट
-
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह, ओली–लेखक प्रकरणमा अनुसन्धान जारी
-
बाबु एआईजी, छोरी एपीएफ इन्स्पेक्टर : सेवा र समर्पणको प्रेरणादायी कथा
-
आज वैशाख ०२ गते बुधबार, यस्तो छ तपाईको राशिफल
‘पाको अनुभव र युवा ऊर्जाबीच सहकार्य आवश्यक’ — नयाँ वर्षमा केपी शर्मा ओलीको आह्वान
१ दिन अगाडि
2.5kViews 193 Shares Share on Facebook Share on Twitter काठमाडौँ । केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण…



