

काठमाडौँमा चिसो बढ्यो
काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम् तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।उनका अनुसार आइतबार काठमाडौंको न्यूनतम् तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम् तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन् । मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् मानन्धरले जानकारी दिइन् । रासस
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



