

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौं फागुन ७ । तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरीस्थित मिडप्वाईन्ट रेष्टुरेण्ट एण्ड क्याफेमा तास खेलिरहेको अवस्थामा नुवाकोट लिखु गाउँपालिका-४ घर भई पुरानो गुहेश्वरी बस्ने २८ वर्षीय रोशन गिरी लगायत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त क्याफेमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार २ सय ६० रुपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१० रिजाल चोकस्थित साकुरा रेष्टुरेण्टमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५६ बर्षीय टुमराज लामिछाने लगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेण्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार ३ सय ७० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
११ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



