पुरुषलाई भन्दा महिलालाई ६ गुना बढी यौनरुची !

पुरुषलाई भन्दा महिलालाई ६ गुना बढी यौनरुची हुन्छ भनिन्छ । तर, महिलाहरु पुरुष जस्तो उग्र हुँदैनन् । अनियन्त्रित हुँदैनन् । आफ्नो प्यास मेटाउनका लागि अरुलाई सिकार बनाउँदैनन् । के तपाईंले अहिलेसम्म कुनै महिलाले पुरुषलाई बलात्कार गर्‍यो भन्ने सुन्नुभएको छ ?

यौन एक जैविक आवश्यक्ता हो । दोहोर्‍याइरहनु नपर्ला, यो प्राकृतिक र अपरिहार्य पनि हो । तर, पुरुषहरु यौनमा किन यत्ति गतिछाडा हुन्छन् ? के यौनप्यास उनीहरुलाई मात्र हुन्छ ? उनीहरुले मात्र मेटाउनु पर्छ ?

महिलाहरु आफ्नो यौन-उत्तेजना आफै व्यवस्थापन गर्छन् । उनीहरु यौन प्यास मेटाउनका लागि बच्चा वा किशोरको बाटो ढुकेर बस्दैनन् । सार्वजनिक स्थानमा राम्रो केटा देख्नसाथ लहसिदै हिँड्दैनन् पनि । सुनेकी छु, महिलाहरुले आफ्नो यौन-उत्तेजनालाई आफ्नै अंग हेरेर शान्त तुल्याउँछ रे ।

महिलाहरु यति संयमित हुन्छन् । त्यही समाजमा पुरुष किन त्यती उत्तेजित ? किन हिंस्रक ? किन निर्दयी ? किन बेसरम ?

पुरुष कति डरलाग्दो ?

एक बच्ची थिइन्, जसलाई मैलें रक्षा नेपालको जिम्मा लगाएँ । ति बच्चीको योनीद्वारदेखि मलद्वारसम्म च्यातिएको छ, बलात्कारले । उनी पुरुषलाई देख्नै सक्दैनन् । केटामान्छे देख्नसाथ डराउँछिन् । उनको आँखाबाट हरेक केटा मान्छे अपराधी हो ।

सबै केटा मान्छे नराम्रो हुँदैनन् । मलाई बलात्कार विरुद्धको अभियानमा सहयोग गर्ने केटा मान्छेहरु नै छन् । उनीहरुले आवश्यक खर्च जोहो गरिदिन्छन् । भर्खरै माइतीघर मण्डलामा पेटीकोट लगाएर विरोध प्रदर्शन गर्दा पनि केटाहरुले साथ दिएका थिए । एकजना दाईले भन्दै हुनुहुन्थ्यो, ‘त्यहाँ के कति खर्च लाग्यो, म दिन्छु है ।’

बलात्कारी पुरुषलाई फाँसी दिनुपर्छ भनेर हृदयबाटै समर्थन गर्ने उहाँहरु जस्तो थुप्रै पुरुष अहिले हाम्रो साथमा छन् ।

तर, त्यही भिडमा यति डरलाग्दो पुरुष छन्, जो आफ्नो यौनप्यास मेटाउनका लागि एउटा नावालक बच्चीलाई समेत घिनलाग्दो आँखाले हेर्छ ।

हाम्रो सामाजिक संरचनाले पुरुषलाई स्वामी बनाएको छ । सबै कुराको सर्वेसर्वा पुरुष हुन् । महिला भात-भान्सा सम्हाल्छिन्, लताकपडा धुन्छिन्, घर सफा गर्छिन्, नानीलाई स्यहारसुसार गर्छिन्, सासु-ससुराको औषधीपानी गर्छिन् । घरको सबै भार बोकाएर पनि श्रीमान्हरु भन्छन्, ‘मेरी पत्नी गृहणी हुन्, काम गर्दिनन् ।’

पुरुष एक अहंकार, दम्भको पुञ्ज हो । उनलाई मैले कमाएर सबैलाई पालेको छु भन्ने भ्रम छ । मैले पुरुषको विरोध गरेकी होइन । तर, पुरुषबादी मनोविज्ञानले गर्दा आज बलात्कार जस्ता जघन्य कृत्यलाई पनि उनीहरुले सामान्य रुपमा लिएका छन् । किनभने उनीहरुलाई आफु बलवान् लाग्छ ।

कस्ता पुरुष बलात्कारी ?

मैले धेरै ठाउँमा बलात्कारको घटनालाई नजिकबाट नियाल्न पाएकी छु । अक्सर बलात्कार गर्नेहरु बुढा वा वयस्क हुने गर्छन् । धेरैजसो त बुढाहरु बलात्कार गरेको घटना पाइन्छ ।

किशोर उमेरदेखि ३० बर्ष भन्दा कम उमेरका पुरुषहरुले बलात्कार गरेको घटना तुलनात्मक रुपमा कम सुन्न पाइन्छ । तपाईंले सार्वजनिक स्थानमा हेर्नुभयो भने, युवतीहरुलाई नजानिदो ढंगले छुन खोज्ने, लहसिन खोज्ने, धकेल्ने पुरुषहरु अलि प्रौड उमेरका हुन्छन् ।

हुन त अहिले किशोरहरुले पनि सामूहिक रुपमा बलात्कार गरेको घटनाहरु देख्न, सुन्न पाइन्छ । खासमा बलात्कार गर्नेहरु त्यही हुन्, जो बर्षौंदेखि यौनकुण्ठा पालेर बसेका छन् । एकातिर उम्लिरहेको यौन र अर्कोतिर पुरुषवादी सोंचले उनीहरुलाई यस्तो कृत्य गर्न उक्साउँछ । महिलालाई सजिलै अठ्याउन सकिने, आफ्नो नियन्त्रण लिन सकिने सोंच उनीहरुमा हुन्छ । कतिले कमजोर महिलालाई इमोशनल व्ल्याकमेलिङ समेत गरिरहेका हुन्छन् ।

शहरिया, धनाड्य वा सक्षम महिलाहरु वा उनीहरुका बच्चा, किशोरीहरु बलात्कार भएको त्यती पाइदैन । दुर्गमका, गरिब, असाहय, अशक्त, दलित महिलाहरुमाथि बढी बलात्कार हुन्छ । भारतिय सीमा जोडिएका क्षेत्रमा अझ यस्तो कृत्य बढी हुने गरेको छ । बलात्कार गरेर भारततिर भाग्न वा लुक्ने प्रवृत्ति छ । एजेन्सी

Facebook Comments Box
TOP
Shares