

कोरोना सङ्क्रमणबाट सतर्क रहन मकवानपुर प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसबाट सुरक्षित रहनका लागि जिल्लावासीलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी प्रेस विज्ञप्तिमा कोरोना सङ्क्रमण नेपालमा कम हुँदै गए पनि छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसको असर नेपालमा समेत पर्नसक्ने भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ । अहिले भीडभाड हुने स्थानमा नजाने, सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्क लगाउने, एक अर्काबीच भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने र गराउने तथा अन्य स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
साथै कोरोना सङ्क्रमणविरुद्धको बुस्टर डोजको मात्रा लगाउन छुटेकाले नजिकको स्वास्थ्य संस्थामा गएर लगाउनसमेत प्रमुख जिल्ला अधिकारी पाण्डेले आग्रह गरेका छन् ।रासस
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



