

सुत्दा मोबाइललाई सिरानी छेउ राखेर सुत्ने बानी छ भने साबधान !
काठमाडौं । मोबाइल बोक्नु कुनै रमाइलो होइन तर मोबाइल नहुने हो भने केही समय पनि कटाउन गाह्रो हुन्छ । बेलुकी विस्तारामा होस् या बिहान उठ्ने वित्तिकै हामी मोबाइल चलाउन थालिहाल्छौँ ।
तर, बेलायतको एक्जिटरलगायतका केही विश्वविद्यालयमा गरेको अध्ययनले सिरानी छेउ मोबाइल राखेर सुत्दा निकै धेरै समस्या आउन सक्ने पत्ता लगाएको छ । अध्ययनअनुसार मोबाइललाई सिरानी छेउ राख्दा क्यान्सरमात्र होइन, नपुंसकता पनि हुनसक्छ ।
अन्तर्राष्ट्रिय क्यान्सर रिसर्च एजेन्सीले मोबाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई सम्भावित क्यार्सिनोजेनको श्रेणीमा राखेको छ । मोबाइलको अत्याधिक प्रयोगले कानमा ट्युमर पलाउन सक्ने र क्यान्सर हुने सम्भावना बढ्ने उसको अध्ययनले देखाएको छ ।
त्यस्तै, बेलायती विश्वविद्यालयहरुले गरेको एउटा अध्ययनले मोबाइल फोनबाट निस्कने विकिरणको नपुंसकतासँग सम्बन्ध हुने पत्ता लगाएको थियो । मोबाइल फोनको अत्याधिक प्रयोगले पुरुषमा शुक्राणुको उत्पादन घटाउनुका शुक्राणुको गति पनि सुस्त बनाउने त्यो अध्ययनको निष्कर्ष थियो । इजरायलको विश्वविद्यालयले गरेको अध्ययनले त सुत्नुभन्दा आधा घन्टा अगाडि नै मोबाइल फोनको प्रयोग रोक्नु पर्ने बताएको छ । एजेन्सी
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



