

महोत्तरीमा चिसो बढ्यो , विद्यार्थी घरमै बस्न बाध्य
काठमाडौं – चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन् । अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै बढेको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको छ ।
मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ । “घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ”, मनराशिशवाका प्रमुख मोहन पाण्डेले भन्नुभयो । शुक्रबारसम्म बिदा दिइएको छ । नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन् ।
जिल्लाका अन्य १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण विद्यालय आउन छाडेका छन् । केही दिनयता विद्यार्थीको उपस्थिति ह्वात्तै घटेको छ । मौसममा सुधार नभए केही दिन बिदा दिने तयारी भएको सो नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताउनुभयो । मनराशिशवा नगरपालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ ।
यसैगरी मटिहानी नगरपालिकाले नौवटै वडाका बस्तीमा ‘सुनौलो हजार दिन’ (गर्भवती अवस्थादेखि शिशु स्याहारसम्म चरणको अभियानमा आबद्ध) आमालाई पोषिलो आहारसहितको झोला वितरण सुरु गरेको छ ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



