आज को मौसम :केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं/हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा  आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेको अवस्था छ।

शनिबार  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यता आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भू(भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

Facebook Comments Box
TOP
Shares